नेपालको कतारमाथि ८ विकेटको सहज जित

Nagarik Sewa 1732+ समाचार ( )
२६ चैत्र २०८१, बुधवार

काठमाडौं। हङकङमा सुरु भएको चारदेशीय टी–२०आई श्रृङ्खलाको बुधबार बिहान भएको पहिलो खेलमा नेपालले कतारमाथि ८ विकेटको सहज जित हासिल गरेको छ । कतारले दिएको १५२ रनको लक्ष्य नेपालले मात्र २ विकेट गुमाएर १८ बल बाँकी छँदै १५४ रन बनाएर पूरा गर्यो ।

नेपालको जितमा कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए र यस्तै कप्तान रोहित पौडेलले अविजित रहँदै ३७ रन जोडे। आरिफ शेखले ३३ तथा बसिर अहमदले अविजित ३० रन जोडे । नेपालले १६ रन अतिरिक्त पाएको थियो । कतारका मुजिब उर रहमानले सर्वाधिक २ विकेट लिए पनि त्यो टोलीको जितका लागि पर्याप्त भएन ।

यसअघि नेपालविरुद्ध टस हारेर ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५१ रन बनाएको थियो । कतारका मुहम्मद इक्रामुल्लाहले अर्धशतक प्रहार गरेका थिए । उनी ५४ बलमा ५४ रन बनाए ।नेपालका सोमपाल कामी, करण केसी, नन्दन यादव, ललित राजवंशी र गुल्सन झाले १–१ विकेट लिए ।

चारदेशीय श्रृङ्खलामा नेपाल, हङकङसहित कतार र कुवेत समावेश छन् । श्रृङ्खलामा प्रत्येक टोलीले प्रत्येकसँग खेल्नेछ । शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् । नेपालले पहिलो खेलमै विजयी भएर सुखद् सुरुवात गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार