उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस बाढीले बगायो

Nagarik Sewa 4551+ समाचार ( )
२५ असार २०८२, बुधवार

बागलुङ। आज बिहानको बाढीले बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस बगाएको छ। स्थानीय गंगा आचार्यका अनुसार गत वर्ष रु ३५ लाख खर्चेर निर्माण गरिएको स्टिल पुल पनि बगाएका छ। 

बाढीले केन्द्रीय विद्युत् प्रसारण लाइनको ट्रान्सफर्मरमा पनि क्षति भएको छ। ट्रान्सफर्मरमा क्षति भएपछि स्थानीय विद्युत् पैयुथन्थापका १३० घरमा बिजुली आपूर्ति बन्द भएको छ। पैयुथन्थापको खरेयाबोटका दुई परिवार बाढीबाट विस्थापित भएका छन्। सात परिवार बाढीपहिरोको जोखिममा रहेका स्थानीय आचार्यले बताइन्। खोला किनारमा लगाइएको धानबालीमा पनि बाढीबाट क्षति भएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार