काठमाडौं। नेकपा स्थापनाको ७६ औं वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो असहयोगबाट शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएको भन्दै समाचार आएकोप्रति आपत्ति जनाउनुभएको छ। प्रधानमन्त्रीले असहयोग गरेर, मतभेदबाट भनेर लेखेको भन्दै उहाँले आपत्ति जनाउनुभएको हो।

‘एक जना मन्त्रीले राजीनामा दिएको कुरामा धेरै हल्ला भएको छ । प्रधानमन्त्रीले बसिखानै दिएन भन्ने हाल्ला छ रे,’ उहाँले भन्नुभयो, ‘मैले बनाएको मन्त्री, मैले सहयोग गरिरहेको छु । सिकाइरहेको छु ।’
शिक्षामन्त्री भट्टराईले केही समयअघिमात्रै अप्रेसन गरेको भन्दै शिक्षा मन्त्रालय ठूलो मन्त्रालय नभए पनि काम गर्न सजिलो पनि नभएको बताउनुभयो । ‘अस्ति भर्खरै पनि अप्रेसन गर्नुभयो । धेरै ठूलो मन्त्रालय छ, शिक्षा मन्त्रालय । सजिलो पनि छैन । त्यसो उहाँले भएर स्वास्थ्य कारण देखाउनुभएको छ,’ प्रधानमन्त्री ओलीले भने ।