आज सुनको मूल्य स्थिर

Nagarik Sewa 4190+ समाचार ( )
२३ पौष २०८१, मङ्गलबार

काठमाडौं ।  साताको तेस्रो मंगलबार (आज) सुनको मूल्य स्थिर रहँदा चाँदीको बढेको छ। सोमबारको तुलनामा सुनको मूल्य स्थिर रहे पनि चाँदीको मूल्य भने तोलाको २० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज सुन तोलाको एक लाख ५२ हजार रुपैयाँ कायम भएको छ। त्यसैगरी चाँदीको मूल्य भने आज तोलाको एक हजार आठ सय ३० रुपैयाँ कायम भएको छ। सोमबार चाँदी तोलाको एक हजार आठ सय १० रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबारको तुलनामा आइतबार १५ सय रुपैयाँ घटेर तोलाको एक लाख ५२ हजार रुपैयाँ भएको सुन त्यसयता स्थिर छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै