दुर्गा प्रसाईं पोखराबाट पक्राउ

Nagarik Sewa 4210+ समाचार ( )
६ माघ २०८२, सोमबार

काठमाडौं। दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईं पोखरामा कार्यक्रममा सहभागी भएकै अवस्थामा पक्राउ गरेका हुन्।

कास्कीका प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार काठमाडौंबाट पक्राउ अनुमति आएको हो। पक्राउ परेका प्रसाईंलाई काठमाडौं पठाउने तयारी भइरहेको छ। नेपाली कांग्रेसको विवादमा प्रसाईंले निर्वाचन आयोगले करोडौँ रुपैयाँ लिएर गगन थापा पक्षलाई आधिकारिकता दिएको आरोप लगाएका थिए। प्रसाईंको यो अभिव्यक्तिपछि आयोगले प्रसाईंविरुद्ध प्रहरीमा उजुरी दिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार