काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्को बजेट अधिवेशनबाट ६ विधेयक पास गर्ने सरकारको योजना रहेको बताउनुभएको छ।
आइतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नमाथि जवाफ दिँदै उहाँले यही अधिवेशनबाट ६ विधेयक साप गर्ने योजना रहेको बताउनुभएको हो। सरकारले संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि पनि यी विधेयक पारित हुनुपर्ने उहाँको भनाइ छ ।
प्रधानमन्त्री ओलीले विद्यालय शिक्षा विधेयक र संघीय निजामती सेवासम्बन्धी विधेयक पारित गरेपछि मात्रै नीति तथा कार्यक्रम कार्यान्वयनका लागि पास गर्न आवश्यक रहेको बताउनुभयो। त्यस्तै संसद्मा विचाराधीन रहेका वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक, नेपाल प्रहरीसम्बन्धी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेका विधेयक, नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक र नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गर्ने लक्ष्य सरकारको रहेको प्रधानमन्त्री ओलीले बताउनुभएको हो।
सरकारले वैशाख १६ गते आफ्ना माग कार्यान्वयनलाई दबाब दिन आन्दोलनरत नेपाल शिक्षक महासंघसँग आगामी २५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्न आवश्यक देखिन्छ ।