माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित

Nagarik Sewa 4885+ समाचार ( )
३ मंगशिर २०८१, सोमबार

काठमाडौं। नेकपा (माओवादी केन्द्र)को सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बोलाइएको पदाधिकारी बैठक स्थगित भएको छ। 

माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नी सापकोटाका अनुसार अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्तताका कारण बैठक स्थगित भएको हो। 'अध्यक्ष अन्य कार्यमा व्यस्त हुने भएकाले बैठक स्थगित गरेका हौं। भोलि बस्न सक्छ,'उहाँले भन्नुभयो।

उपाध्यक्ष पम्फा भूसालले पनि बैठक भोलि अपराह्न ४ बजे बस्नेगरी बैठक स्थगित भएको जानकारी दिनुभयो।बैठकमा स्थानीय तह उपनिर्वाचनदेखि माओवादी केन्द्रले यसअघि तय गरेको पालिका सम्मेलन, केन्द्रीय समितिको बैठक लगायत विभिन्न कार्यक्रममा छलफल गर्ने एजेन्डा छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार