मुख्य समाचार
काठमाडौं महानगरका पहरी प्रमुख पाण्डेको निलम्बन फुकुवा गर्न उच्च अदालतको आदेश | केयर गिभर’को रूपमा इजरायल जान लागेका ३५ नेपाली रोकिए | प्रधानमन्त्री ओलीसँगको छलफलका लागि बालुवाटार पुगे देउवासहितका शीर्षस्थ नेताहरू | एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ | नेप्सेमा सामान्य अंकको गिरावट | कारागार चलान भएको एक जना बन्दीको दोस्रो दिनमै मृत्यु | यी हुन् मन्त्रिपरिषद बैठकका १९ महत्वपूर्ण निर्णय | एकीकृत समाजवादीका ५० जिल्ला अधिवेशन सम्पन्न | रास्वपाका नेतामाथि रड प्रहार गर्ने कांग्रेसबाट निर्वाचित वडाध्यक्ष फरार | वायु प्रदूषणका कारण नेपालमा वार्षिक २६ हजारको अकालमा मृत्यु |

श्रमिकको पसिना र समर्पणले समाज बाँचेको छः प्रधानमन्त्री ओली

Nagarik Sewa 2095+ समाचार ( )
१८ वैशाख २०८२, बिहीबार

काठमाडौं। अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिंदै प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको पसिना र समर्पणले समाज बाँचेको बताएका छन् र त्यसैले देश अघि बढेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याइएको स्मरण पनि गर्नुभएको छ। 

त्यसबेला केहीले  व्यङ्ग्य गरेको बताउँदै उहाँले ती नकारात्मक आवाजभन्दा माथि उठ्दै २० लाखभन्दा बढी श्रमिक उक्त योजनाबाट लाभान्वित भएको दाबी गर्नुभएको छ। श्रम मात्र नभई श्रमिकको भविष्य पनि सुरक्षित भएको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘छोराछोरीको उज्यालो मुहार, आमाबुबाको निर्धक्क जीवन–श्रमिकको घरमा यिनै परिवर्तन ल्याउन हामी सफल हुँदैछौं ।’

श्रम र श्रमिकलाई सम्मान गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले फेसबुकमा आफूलाई श्रमिकका रूपमा प्रस्तुत गर्दै लेख्नुभएको छ –

‘आज मे १–अन्तरराष्ट्रिय श्रमिक दिवस ।

देश अघि बढेको छ श्रमिकको पसिनाले, समाज बाँचेको छ उनीहरूको समर्पणले ।

श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि जब योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरू गर्‍यौँ, व्यङ्ग्य र ट्रोलहरू सहनुपर्‍यो ।

तर आज, ती नकारात्मक आवाजहरूभन्दा माथि उठ्दै—२० लाखभन्दा बढी श्रमिकले यस योजनाबाट भरोसा पाएका छन् ।

अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित छ ।

छोराछोरीको उज्यालो मुहार, आमाबुबाको निर्धक्क जीवन–श्रमिकको घरमा यिनै परिवर्तन ल्याउन हामी सफल हुँदैछौँ ।

श्रमलाई सम्मान गरौँ, श्रमिकलाई सम्मान गरौँ ।

जय श्रमिक, जय देश ”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार