मुख्य समाचार
निर्वाचन सफल बनाउनु साझा काम र ऐतिहासिक दायित्व भएको राष्ट्रपति पौडेलको भनाई | दुबईको ‘ट्रान्जिट’मा १०८ नेपाली | हजयात्रामा गएका ३६ नेपाली साउदी अरबमा रोकिए | 'मौन अवधि'मा हुन सक्ने गतिविधिमा आयोगको निगरानी | सर्लाहीमा मतदान अधिकृतको निधन | रौतहट–१ मा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको जित सुनिश्चित | सिन्धुपाल्चोक- २ मा विकासप्रेमी नेता युवराज दुलालको जित सुनिश्चित | रास्वपा सुर्खेतका कार्यवाहक सभापति र संस्थापक महामन्त्री कांग्रेस प्रवेश | अमेरिकी-इजरायली आक्रमणमा सर्वोच्च नेता खामेनेई मारिए | मध्यपूर्वी क्षेत्रमा तनाव उत्पन्न हुँदा नेपालका १८ वटा फ्लाइट रद्द |

श्रमिकको पसिना र समर्पणले समाज बाँचेको छः प्रधानमन्त्री ओली

Nagarik Sewa 4136+ समाचार ( )
१८ वैशाख २०८२, बिहीबार

काठमाडौं। अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिंदै प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको पसिना र समर्पणले समाज बाँचेको बताएका छन् र त्यसैले देश अघि बढेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याइएको स्मरण पनि गर्नुभएको छ। 

त्यसबेला केहीले  व्यङ्ग्य गरेको बताउँदै उहाँले ती नकारात्मक आवाजभन्दा माथि उठ्दै २० लाखभन्दा बढी श्रमिक उक्त योजनाबाट लाभान्वित भएको दाबी गर्नुभएको छ। श्रम मात्र नभई श्रमिकको भविष्य पनि सुरक्षित भएको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘छोराछोरीको उज्यालो मुहार, आमाबुबाको निर्धक्क जीवन–श्रमिकको घरमा यिनै परिवर्तन ल्याउन हामी सफल हुँदैछौं ।’

श्रम र श्रमिकलाई सम्मान गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले फेसबुकमा आफूलाई श्रमिकका रूपमा प्रस्तुत गर्दै लेख्नुभएको छ –

‘आज मे १–अन्तरराष्ट्रिय श्रमिक दिवस ।

देश अघि बढेको छ श्रमिकको पसिनाले, समाज बाँचेको छ उनीहरूको समर्पणले ।

श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि जब योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरू गर्‍यौँ, व्यङ्ग्य र ट्रोलहरू सहनुपर्‍यो ।

तर आज, ती नकारात्मक आवाजहरूभन्दा माथि उठ्दै—२० लाखभन्दा बढी श्रमिकले यस योजनाबाट भरोसा पाएका छन् ।

अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित छ ।

छोराछोरीको उज्यालो मुहार, आमाबुबाको निर्धक्क जीवन–श्रमिकको घरमा यिनै परिवर्तन ल्याउन हामी सफल हुँदैछौँ ।

श्रमलाई सम्मान गरौँ, श्रमिकलाई सम्मान गरौँ ।

जय श्रमिक, जय देश ”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार