मुख्य समाचार
एकीकृत समाजवादीप्रति आकर्षण बढ्ँदो: बुटवलमा विभिन्न पार्टी परित्याग गरि एसमा प्रवेश | निरोज तोलाङ्गगे अध्यक्षतामा समाजवादी प्रेश संगठन ललितपुरको नयाँ कमिटी चयन | टी २०आई शृंखलाको अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७ विकेटले पराजित | माघ २७ मा बस्नेगरी प्रतिनिधि सभाको बैठक स्थगित | कर्खा गायक लालबहादुर गन्धर्वको निधन | राजकुमार एडवार्डद्वारा ब्रिटिश सेनामा नयाँ भर्ती भएकालाई पद तथा गोपनीयताको शपथ | सुन्तला खेतीमा रमाएका पूर्व शिक्षक | घरबेटीद्वारा डेरावाल बुढाथोकीको हत्या | तोलामा ४ सयले घट्यो सुनको मूल्य | परराष्ट्रमन्त्री राणाद्वारा विपिन जोशी रिहाइका लागी इरानका विदेशमन्त्रीसँग फोनवार्ता |

कर्णालीविरुद्ध टस जितेर बलिङ गर्दै सुदूरपश्चिम
कर्णालीविरुद्ध टस जितेर बलिङ गर्दै सुदूरपश्चिम

Nagarik Sewa 980+ समाचार ( )
१ पौष २०८१, सोमबार

१ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को अन्तिम लिग खेलमा सुदूरपश्चिम रोएल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ ।

सुदूरपश्चिमले टस जितेर बलिङ रोज्दै कर्णालीलाई ब्याटिङको निम्तो दिएको छ । खेल टीयू अन्तर्राष्ट्रिय मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।

कर्णालीका रित गौतम पहिलो रोजाइँमा खेल्दैछन् । ६ खेलमा बेन्चमा बसेका रितले एनपीएलमा पहिलो पटक पहिलो रोजाइँमा मौका पाएका हुन् ।

लिगको प्लेअफ पुग्ने चार टोलीको टुङ्गो लाग्ने, प्लेअफमा क्वालिफायर र एलिमिनेटरको समीकरण तय हुने खेल भएकोले अन्तिम खेल भएपनि यस खेललाई निकै चासोको रुपमा हेरिएको छ ।

यस खेलपछि शीर्ष चार स्थानमा रहेर प्लेअफ पुग्ने टोलीको टुङ्गो लाग्नेछ । यस्तै शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्ने र एलिमिनेटर खेल्ने समिकरण पनि तय हुनेछ ।

अहिलेसम्म सुदूरपश्चिमसँगै जनकपुर बोल्ट्स र चितवन राइनोजले प्लेअफमा स्थान पक्का गरिसकेका छन् । तर शीर्ष दुईमा कुन टिम हुनेछ तय भएको छैन । चितवनले पनि तेस्रो वा चौथोमा रहेर एलिमिनेटर नै खेल्ने लगभग तय छ ।

बाँकी एक स्थानमा कुन टिम हुनेछ त्यसका लागि सुदूर र कर्णालीबीचको नतिजा कुर्नुपर्नेछ ।

सुदूरपश्चिम ६ खेलबाट १० अंकका साथ शीर्ष स्थानमा छ । जनकपुर बोल्ट्स ७ खेलबाट १० अंक जोडेर दोस्रोमा छ । सुदूरको नेटरनरेट राम्रो रहेकोले बोल्ट्स भन्दा अघि छ ।

यस्तै चितवन र कर्णालीसँगै काठमान्डु गुर्खाजको पनि समान ८ अंक छ । चितवन र काठमान्डुले सबै ७ खेल खेलिसकेका छन् । ८ अंक हुने तीन टिम मध्ये नेटरनरेटका आधारमा अघि रहेपनि चितवनले प्लेअफमा स्थान बनाएको हो ।

अब कर्णाली याक्स र काठमान्डु गुर्खाजमध्ये एक टिमले प्लेअफमा स्थान बनाउँछ । अहिलेको अवस्थामा कर्णाली प्लेअफका लागि दाबेदार छ र होडमा अघि छ । किनभने काठमान्डु भन्दा कर्णालीको नेटरनरेट राम्रो छ ।

कर्णालीले सुदूरपश्चिमलाई पराजित गरेमा शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर नै खेल्ने सम्भावना छ । जनकपुर बोल्ट्सलाई पछि पार्द अंकतालिकामा दोस्रो हुन कर्णालीले सुदूरलाई १२ रन भन्दा बढीले पराजित गर्नुपर्नेछ । यस्तै लक्ष्य पछ्याएमा अवस्था हेरेर १५/१६ ओभरमा पूरा गर्नुपर्नेछ ।

सुदूरपश्चिमसँग कर्णाली ५३ रन भन्दा बढी अन्तरले पराजित भएमा भने काठमान्डुको भाग्य खुल्नेछ । यस्तोमा काठमान्डुले कर्णालीलाई नेटरनरेटमा पछि पार्नेछन ।

सुदूरपश्चिम रोएल्स : विनोद भण्डारी, सैफ अली जैब, ब्राण्डन म्याकमुलेन, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, इशान पाण्डे, नरेश बुढाएर, स्कट कुगेलेइन, नरेन साउद, हर्मीत सिंह, अविनाश बोहरा

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार