जिप दुर्घटना हुँदा ५ जना घाइते

Nagarik Sewa 4229+ समाचार ( )
२४ श्रावण २०८२, शुक्रबार

काठमाडौं। कालिकोटमा शुक्रबार बिहान जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ।खाँडाचक्र नगरपालिका–१० गोलुवाबाट बिहान साढे ८ बजेतिर सुर्खेत जाँदै गरेको क.प्र.०२००१ ख ०९७६ नम्बरको गाडी झन्डै १०० मिटर तल गडमले खोलामा खसेको हो।

प्रहरी निरीक्षक गोविन्द चौधरीका अनुसार जिपमा कुल सात जना सवार थिए। सहचालक र अर्का एक जनाले हाम फालेर ज्यान जोगाएका थिए। घाइतेलाई जिल्ला अस्पताल कालिकोटमा पुर्‍याइएको प्रहरी निरीक्षक चौधरीले बताए। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै