समाजवादी मोर्चाका बैठकले माघ १६ गते काठमाडौंमा कार्यक्रम गर्ने

Nagarik Sewa 4238+ समाचार ( )
२ माघ २०८१, बुधवार

काठमाडौं। बुधबार नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा बसेको समाजवादी मोर्चाका बैठकले माघ १६ गते काठमाडौंमा कार्यक्रम गर्ने निर्णय गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डका अनुसार बैठकले समाजवादी मोर्चाको गति सुस्त भएको समीक्षा र आगामी दिनमा मोर्चालाई सक्रिय बनाउने निर्णय गरेको छ । त्यस्तै, मोर्चाको आठौँ बैठकले आगामी कार्यक्रम बनाउने जिम्मा सचिवालयका नेतालाई दिएको थियो ।

आजको बैठकमा विषय समेत समेटेर माघ १२ सम्ममा सचिवालयका नेताहरूले प्रतिवेदन शीर्ष नेतालाई बुझाउने निर्णय भएको प्रकाण्डले बताउनुभयो । समाजवादी मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टी (महिन्द्रराय यादव समूह) छन् ।

मोर्चा गठन हुँदा जनता समावादी पार्टी पनि थियो । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री भएका बेला जसपा विभाजन भएको थियो । त्यसयता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव मोर्चामा हुनुहुन्न । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार