सक्दो छिटो पार्टी पुनर्गठन गरौं: तोसिमा कार्की

Nagarik Sewa 4298+ समाचार ( )
२३ कार्तिक २०८२, शनिबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पार्टीलाई जतिसक्दो छिटो पुनर्गठन गर्नुपर्ने बताएकी छन्।

शुक्रबारदेखि चितवनमा सुरू भएको विस्तारित बैठकमा कार्कीले जेनजी आन्दोलनपछिको परिस्थितिबीच पार्टीलाई पुनर्गठन गरी लैजानुको विकल्प नरहेको बताएकी हुन्। 'पार्टीलाई जतिसक्दो चाँडो पुनर्गठन गर्नुपर्छ। रास्वपालाई सबै अट्ने र सबै खट्ने पार्टी बनाउनुपर्छ,' कार्कीको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने।

केन्द्रीय समितिलाई भंग गरेर नयाँ बनाउनुपर्ने उनको धारणा थियो। त्यसमा जेनजी पुस्तालाई पनि समेट्नुपर्ने उनले बताइन्। केन्द्रीय समिति समावेशी नभएको पनि कार्कीको भनाइ छ।

त्यस्तै बदलिँदो राजनीतिक परिस्थितीबीच विचार मिल्नेहरूसँग मिलेर जानुपर्ने धारणा उनले राखेकी छन्। सँगै विचार मिल्नेहरूसँग पनि मिलेर अगाडि बढ्नुपर्ने उनको धारणा थियो। विस्तारित बैठकमा कार्कीले तीन पन्ने लामो सुझाव पेस गरेकी थिइन्।

आफूले पेस गरेको सुझावमा उल्लेख भएको विषयमा बोल्नका लागि उनलाई पाँच मिनेट समय  दिइएको थियो। बैठकमा ५/६ जनाले लिखित प्रस्ताव पेस गरेको उपसभापति स्वर्णिम वाग्लेले पत्रकारहरूसँगको कुराकानीमा बताए।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार