३३ अंकले बढ्यो नेप्से

Nagarik Sewa 4218+ समाचार ( )
११ मंगशिर २०८१, मङ्गलबार

काठमाडौं। मंगलबार सेयर बजार परिसूचक (नेप्से) ३३ अंकले बढेको छ । १.२३ प्रतिशतले बजार बढ्दा परिसूचक २७१६.६६ बिन्दुमा उक्लिएको छ । 

आज २११ कम्पनीको मूल्य बढ्यो । यसमध्ये ३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सपोर्ट माइक्रोफाइनान्स, युनाइटेड आईडीआई मार्दी र कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लाग्यो । मंगलबार मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९।६२ प्रतिशतले बढ्यो । 

आज १ करोड ४२ दाख ९२ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ४४ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ । मंगलबार नेप्सेका सबै उपसमूहको सूचक बढेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार