बाल सुधारगृहमा झडप र आगजनी

Nagarik Sewa 4218+ समाचार ( )
१० माघ २०८२, शुक्रबार

काठमाडौं। मध्यपुरथठिमि–२ सानोठिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी भएको छ। बाल सुधारगृहका दुई समूहबीच भएको झडप आगजनी र तोडफोडमा परिणत भएको थियो।

आपसमा झडप भएपछि ठिमि प्रहरी वृत्तका प्रमुख नवराज ढुङ्गाना नेतृत्वको टोलीले सुधारगृह पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो। प्रहरी टोलीलाई झडपमा संलग्न दुवै समूहले प्रहरीमाथि नै ढुङ्गामुढा गरेको थियो स्थिति नियन्त्रण बाहिर गएपछि सशस्त्र प्रहरी बलबाट ५० जना परिचालन भएका थिए।

मध्यरातमा भक्तपुर र काठमाडौँका वारुणयन्त्रले आगो निभाएका थिए। उक्त गृहमा १४५ पुरुष र २४ महिला गरी १६९ जना छन्। अहिले स्थिति नियन्त्रणमा आएको भए पनि त्यहाँ बाक्लो सङ्ख्यामा उपस्थित सुरक्षाकर्मीले निगरानी गरिरहेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार