तोलामा १ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4387+ समाचार ( )
३० श्रावण २०८२, बिहीबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको हो। यससँगै बिहीबार छापावाल सुन तोलामा १ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ। यसअघि बुधबार छापनवाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै,  आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । मूल्य बढेसँगै बुधबार तोलाको २३ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार २३ सय ४० रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार