मधेस प्रदेशमा ६ जना मन्त्रीहरुद्वारा शपथ ग्रहण

Nagarik Sewa 4298+ समाचार ( )
१६ पौष २०८२, बुधवार

जनकपुरधाम। मधेस प्रदेशमा मुख्यमन्त्री कृष्ण यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। मन्त्रिपरिषद् विस्तारसँगै मधेस प्रदेश सरकार मुख्यमन्त्रीसहित १२ सदस्यीय भएको छ। सरकार गठन भएको लगभग एक महिनापछि मुख्यमन्त्री कृष्ण यादवले ६ जना मन्त्रीलाई सामेल गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो।  

नवनियुक्त मन्त्रीहरूले आजै शपथ ग्रहण समेत गर्नुभएको छ। नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख डा‍ सुरेन्द्र लाभले पद तथा गोपनीयताको शपथ ग्रहण गराएउनुभएको हो। नयाँ मन्त्रीहरूमा मनिष सुमनले श्रम तथा यातायात, राजकुमार गुप्ताले भौतिक पूर्वाधार विकास, शंकरप्रसाद चौधरीले वन तथा वातावरण, श्यामप्रसाद पटेलले भूमि, व्यवस्था कृषि तथा सहकारी, वसन्त कुशवाहाले खेलकुद तथा समाज कल्याण र फकिरा महतोले गृह, सञ्चार तथा कानुन मन्त्रीको जिम्मेवारी पाउनुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार