काठमाडौंको मूलपानीमा गोली प्रहार गरी प्रहरीद्वारा १० जना पक्राउ

Nagarik Sewa 4338+ समाचार ( )
१६ माघ २०८२, बिहीबार

काठमाडौं । काठमाडौंको मूलपानीमा गोली प्रहार गरी प्रहरीले १० जनलाई पक्राउ गरेको छ । बुधबार (माघ १४) राति लुटेरा समूहलाई नियन्त्रणमा लिने क्रममा गोली प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीले जानकारी दिए । लुटपाट गर्न हिँडेको समूहलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमणको प्रयास गरिएपछि गोली चलाइएको परिसरले जनाएको छ ।

प्रहरीले चलाएको गोली लागेर एकजना घाइते छन् । घाइते हुनेमा विनय तामाङ रहेका प्रहरीले जनाएको छ । पक्राउ गरिएका १० जनामाथि थप अनुसन्धान भइरहेको डीएसपी बुढाथोकीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै