मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

पूर्वाञ्चल विश्वविद्यालयमा चिकित्साशास्त्रको पढाइ सुरु हुने

Nagarik Sewa 4881+ समाचार ( )
१ भाद्र २०८२, आइतबार

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयमा अब चिकित्साशास्त्र पढाइ हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले विश्वविद्यालयलाई ५० सिट क्षमता सहितको एमबिबिएस शैक्षिक कार्यक्रम सञ्चालनको स्वीकृति दिएको हो। मोरङको गोठगाउँमा केन्द्रीय कार्यालय रहेको पूर्वाञ्चल विश्वविद्यालयले स्थापनाको तीन दशकपछि एमबिबिएस शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति पाएको हो।

यसअघि २०६२ सालमा प्रवेश परीक्षा सञ्चालन भए पनि एमबिबिएस कार्यक्रम सञ्चालन हुन सकेको थिएन। उपकुलपति प्राडा बिजुकुमार थपलियाले विश्वविद्यालयको निरन्तरको प्रयास, राजनीतिक नेतृत्व र नागरिक समाजको समन्वय र स्थानीयवासीको सकारात्मक दबाबका कारण एमबिबिएस शैक्षिक कार्यक्रम सञ्चालनको स्वीकृति प्राप्त भएको बताए। उनका अनुसार लामो समयदेखिको शैक्षिक, भौतिक पूर्वाधारको तयारी र सबै पक्षबाट प्राप्त भएको सकारात्मक सहयोगको परिणाम स्वरूप एमबिबिएस कार्यक्रम सुरू हुन लागेको हो।    

चिकित्साशास्त्र संकायका डीन डा. शैलेषमणि पोखरेलले चिकित्सा शिक्षा आयोगले छनोट गरेर पठाएका ५० जना विद्यार्थीलाई एमबिबिएस अध्ययन गराउन विश्वविद्यालय तयारी अवस्थामा रहेको बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै