मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

एमाले केन्द्रीय कमिटी बैठकको समय थपिने

Nagarik Sewa 4382+ समाचार ( )
२२ पौष २०८१, सोमबार

काठमाडौं। आइतबारबाट दुई दिनका लागि तय भएको नेकपा एमालेको आठौँ केन्द्रीय कमिटी बैठकको समय थपिने भएको छ । बैठकमा पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पेस भएर छलफल सुरु भएको छ । पहिलो दिनको बैठकले अघिल्लो केन्द्रीय कमिटी बैठकपछि सचिवालय र स्थायी कमिटी बैठकले गरेका विभिन्न निर्णयहरू अनुमोदन गरेको छ । 

अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि पहिलो दिन २७ जना केन्द्रीय कमिटी सदस्यहरूले धारणा राखेका छन् । बाँकी सदस्यहरूले सोमबारको बैठकमा धारणा राख्नेछन् । केन्द्रीय सदस्यले बोलिसकेपछि पोलिटब्युरो, स्थायी कमिटी र आयोग प्रमुखहरूले धारणा राख्ने कार्यसूची छ । 

एमालेमा करिब ३५० जना केन्द्रीय सदस्य छन् । एक जना सदस्यलाई तीन मिनेटका दरले समय छुट्टयाएको छ । यस हिसाबले सबै केन्द्रीय सदस्यले बोल्न खोजेमा बैठक अरू केही दिन लम्बिने देखिएको छ । 

‘प्रतिवेदनमाथि बोल्ने क्रम सकिएपछि केन्द्रीय सदस्यहरूको रायसहितको निष्कर्ष प्रस्तुत गरेर बैठक सकिन्छ’, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने,‘बैठकको निर्धारित समय दुई दिनको हो । त्योभित्र सकिएन भने एक दिनसम्म लम्बिन सक्छ ।’

पहिलो दिनको बैठकमा नेताहरूमाथि भएको कारबाहीमा पुनर्विचारका लागि दुई जना सदस्यले आफ्नो मत राखेका छन् । झपट रावल र प्रकाश शाहले सचिवालयले गरेको कारबाहीमा पुनर्विचार गर्न बैठकमा आग्रह गरेपनि उनीहरू बोल्नुभन्दा अघि नै सचिवालयको कारबाही निर्णय त्यसअघि नै बैठकले अनुमोदन गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार