प्रतिनिधिसभा बैठक फेरि स्थगित

Nagarik Sewa 4562+ समाचार ( )
३० वैशाख २०८३, बुधवार

काठमाडौं। प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि फेरि स्थगित भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको सदनमा उपस्थितको विषयलाई लिएर विपक्षी दलले अवरोध गरेपछि बैठक स्थगित भएको हो।

यसअघि पनि बैठक १५ मिनेट स्थगित भएको थियो। १५ मिनेटका लागि स्थगित भएको बैठक करिब एक घण्टा ढिलोगरी सुरू भएको थियो।

आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव टेबल गर्ने कार्यसूची थियो। तर, प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले उक्त प्रस्ताव टेबल गरेपछि विपक्षी दलहरूले आपत्ती जनाएका हुन्। उनीहरूले नीति तथा कार्यक्रमको  छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने अडान राखेका छन्।विपक्षी दलहरूले आफ्नो अडान नछोडे पछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका हुन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार