मुख्य समाचार
इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड | सेयर बजारमा गिरावट |

चक्रे मिलन पक्राउ

Nagarik Sewa 4669+ समाचार ( )
१७ श्रावण २०८२, शुक्रबार

काठमाडौं। महाराजगन्जको साम्बाला होटलमा जन्मदिन मनाउन भेला भएका चक्रे मिलन (मिलन गुरुङ) र उनका सहयोगी राहुल खड्का सहित ४७ जना गएराति पक्राउ परे। उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतहरूले उनीहरूलाई केही दिनअघिदेखि नै पछ्याएका थिए। 

केही दिनअघि भक्तपुरमा ३ वटा गाडीले सडक छेकेर हिँडेको फोटो र भिडियो प्रहरीले अधिकृतहरूले पाएका थिए । सो गाडी चक्रे समूहको भएको पुष्टि भएपछि उनीहरू ‘पुरानै बाटो’ रहेको निष्कर्ष निकालेर निगरानी गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए । उनले भने, ‘सडक आफ्नै जस्तो गरेर छेकेर हिँड्नु त गुण्डागर्दी भयो भन्ने हाम्रो निष्कर्ष छ । ’

चक्रे र उनको समूहले गुण्डागर्दी नछाडेको र नसुध्रिएको निष्कर्षको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले गएराति महाराजगन्जमा अपरेसन गरेका हुन् । हप्ताभरी जन्मदिन मनाउने कार्यक्रम अन्तर्गत मिलन आफ्नो समूहसँग साम्बालाको आठौँ तलाबाट राति १ बजेतिर उनीहरूलाई पक्राउ परेका थिए ।

प्रहरीले चक्रे समूहको साथबाट दुईवटा खुकुरी, फोल्डिङ रड र पेपर स्प्रे बरामद गरेका छन्। खुकुरी र रड आत्मरक्षाको लागी बोकेर हिँडेको पक्राउ परेका मध्येका राहुल खड्काले प्रहरीलाई बताएका छन् । उनले भनेका छन्, ‘खुकुरी आत्मरक्षाको लागि बोकेका हौँ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार