माघ ७ गतेका लागि कोशी प्रदेश हिउँदे अधिवेशन आह्वान

Nagarik Sewa 4154+ समाचार ( )
२८ पौष २०८१, आइतबार

मोरङ। कोशी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले माघ ७ गते दिउँसो २ बजेका लागि प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गरेको छ ।कोशी प्रदेशसभाको माघ ७ गतेका अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिनुभयो ।

'आजको मन्त्रिपरिषद् बैठकले आगामी माघ ७ गते दिउँसो २ बजे प्रदेशसभाको छैँटौ हिउँदे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख परशुराम खापुङ्ग समक्ष सिफारिस गर्ने निर्णय गरेको छ,' उनले भने।

यस्तै, बैठकले प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट प्राप्त भएको भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सरकारको कानुन प्रदेश मामिला समितिमा अध्ययन छलफलका लागि पठाउने निर्णय गरेको उनले बताए  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार