काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा प्रतिनिधिसभाका सांसदहरुले पनि उमेदवारी दिएका छन् । १५ औंं महाधिवेशनमा उपसभापतिदेखि केन्द्रीय सदस्यका उमेदवार बनेका हुन् । संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले उपसभापति पदमा उमेदवारी दिने घोषणा गरेका थिए । तर, उनले दिएनन् ।
डा. चन्द्रमोहन यादवले उपसभापति (खुला) पदमा उमेदवारी दिएका छन् । उनी सामानुपातिकतर्फ निर्वाचित सांसद हुन् । यादव पूर्वराष्ट्रपति रामवरण यादवका छोरा हुन् । यस्तै, राष्ट्रियसभा सदस्य रञ्जित कर्णले पनि उपसभापति(मधेसी) पदमा उमेदवारी दिएका छन् ।
भरतबहादुर खड्काले सहमहामन्त्री पदमा उमेदवारी दिएका छन् । डोटी–१ बाट निर्वाचित खड्का सार्वजनिक लेखा समितिका सभापति हुन् । योगेश गौचन थकालीले सहमहामन्त्रीको उमेदवारी दिएका छन् । सहमहामन्त्री अल्पसंख्यकतर्फ उमेदवारी दिएका हुन् । गौचन मुस्ताङ–१ का प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
फिरदोश आलमले सहमहामन्त्री पदका निम्ति उमेदवारी दिएका छन् । उनले मुस्लिमतर्फबाट उमेदवारी दिएका हुन् । आलम रौतहट–२ बाट निर्वाचित सांसद हुन् । जनकराज गिरीले सहमहामन्त्री पदमा उमेदवारी दिएका छन्। बाजुरा–१ बाट निर्वाचित गिरीले पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीको उमेदवारी दिएका हुन् ।
प्रमुख सचेतक वासना थापाले महिलातर्फ केन्द्रीय सदस्यमा उमेदवारी दिएकी हुन् । उनी दैलेख–१ बाट निर्वाचित भइन् । प्रतिनिधिसभा सचेतक निश्कल राईले केन्द्रीय सदस्य (खुल्लातर्फ) उमेदवारी दिएका छन् । उनी इलाम–१ बाट निर्वाचित सांसद हुन् ।
खड्कबहादुर बुढाले केन्द्रीय सदस्य खुल्लातर्फ उमेदवारी दिएका छन् । उनी जाजरकोट–१ बाट निर्वाचित सांसद हुन् । प्रकाशसिंह कार्कीले खुल्लातर्फ केन्द्रीय सदस्यमा उमेदवारी दिएका छन् । उनी सोलुखुम्बु–१ बाट निर्वाचित सांसद हुन् ।
खड्गबहादुर शाहीले कर्णाली प्रदेश खुल्लातर्फ केन्द्रीय सदस्यको उमेदवारी दिएका छन् । शाही मुगु–१ बाट निर्वाचित सांसद हुन् । गीता कुमारी सेन्दाङले आदिवासी जनजाति महिलातर्फ केन्द्रीय सदस्यका लागि उमेदवारी दिएकी छन् । ताप्लेजुङकी सेन्दाङ समानुपातिक सांसद हुन् ।
सांसद नरेन्द्रकुमार केरुङले खुल्ला केन्द्रीय सदस्यमा उमेदवारी दिएका हुन् । केरुङ पाँचथर १ बाट निर्वाचित सांसद हुन् । रेनुका काउचाले जनजाती महिलातर्फ केन्द्रीय सदस्यको उमेदवारी दिएकी छन् । बाग्लुङकी काउचा समानुपातिक सांसद हुन् ।
सीता थपलियाले खुल्ला महिलातर्फ उमेदवारी दिएकी छन् । धादिङकी थपलिया समानुपातिक सांसद हुन् । सन्दीप रानाले खुल्लातर्फ केन्द्रीय सदस्यको उमेदवारी दिएका छन् । उनी पाल्पा–१ बाट निर्वाचित सांसद हुन् ।
कालीबहादुर सहकारी पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यको उमेदवारी दिएका छन् । उनी कालिकोटका हुन् । समानुपातिकतर्फ निर्वाचित सांसद गंगालक्ष्मी अवालले आदिवासी जनजातितर्फ केन्द्रीय सदस्यको उमेदवारी दिएकी छन् । उनी भक्तपुरकी हुन् ।