मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

साढे तीन गुणाले घट्यो वैदेशिक सहायता प्रतिबद्धता

Nagarik Sewa 5112+ समाचार ( )
१० कार्तिक २०८३, सोमबार

काठमाडौं । नेपालले प्राप्त गर्दै आएको वैदेशिक सहायता प्रतिबद्धता साढे तीन गुणाले घटेको छ । अर्थ मन्त्रालयको विवरणअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउन महिनामा प्राप्त भएको वैदेशिक सहायता प्रतिबद्धता दुई अर्ब २० करोड ३८ लाख रुपैयाँ रहेको छ ।  गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा यस्तो प्रतिबद्धता आठ अर्ब ६ करोड रुपैयाँ रहेको थियो । यस अवधिमा प्राप्त कुल सहायता प्रतिबद्धता शतप्रतिशत अनुदान रहेको थियो । 

चालु आर्थिक वर्षको साउन महिनामा प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामध्ये कृषि क्षेत्रमा सबैभन्दा बढी ७० प्रतिशत, शिक्षा क्षेत्रमा १७.४ प्रतिशत र अन्य क्षेत्रमा १२.७ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ऊर्जा क्षेत्रमा सबैभन्दा बढी ८४.४ प्रतिशत प्रतिबद्धता प्राप्त भएको थियो । 

चालु आर्थिक वर्षको साउन महिनामा नेपाल सरकारले वैदेशिक अनुदान २४ करोड तीन लाख रुपैयाँ प्राप्त गरेको थियो । त्यस्तै, वैदेशिक ऋण तीन अर्ब २९ करोड ८० लाख रुपैयाँ गरी कुल तीन अर्ब ५३ करोड ८३ लाख रुपैयाँ वैदेशिक सहायता (नगद) प्राप्त गरेको छ ।  गत आर्थिक वर्षको सोही अवधिमा वैदेशिक अनुदान ४२ करोड १९ लाख रुपैयाँ र वैदेशिक ऋण चार अर्ब ५७ करोड ४८ लाख रुपैयाँ प्राप्त भएको थियो । 

चालु आर्थिक वर्षका लागि वैदेशिक अनुदान ६१ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ र वैदेशिक ऋण दुई खर्ब ४८ अर्ब २८ करोड रुपैयाँ परिचालन गर्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार