काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबिच एकता घोषणासभा सुरु भएको छ। काठमाडौंको राष्ट्रिय सभागृहमा एकता घोषणा सभा सुरु भएको हो । आज सो कार्यक्रममार्फत दुवै दलले एकता घोषणा गर्दैछन्।
असल शासन र समुन्नतिसँग सरोकार राख्ने दुई दलबीच एकीकरण भएको रास्वपाले जनाएको छ। विवेकशीलले रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गरी निःशर्त एकतामा जाने निर्णय गरेको थियो । विसं २०६९ मा उज्ज्वल थापाको नेतृत्वमा विवेकशील अभियान शुरु भएको थियो । विसं २०७० मा विवेकशील नेपाली दल गठन भई चुनावी प्रतिस्पर्धामा गएको थियो । रास्वपा भने २०७९ असार ७ गते स्थापना भएको हो ।