काठमाडौं । एनसेलले बुधबार बिहान रसुवा जिल्लामा अचानक आएको भीषण बाढीबाट प्रभावित क्षेत्रहरूमा तीन दिनका लागि भ्वाइस र डेटा सेवा निःशुल्क उपलब्ध गराउने जनाएको छ । त्यसबाहेक प्रभावित क्षेत्रका सर्वसाधारणलाई तीन दिन समयावधि रहेको १०० वटा एसएमएस पनि निःशुल्क उपलब्ध गराउने बताएको छ ।
यसले बाढी प्रभावित क्षेत्रका बासिन्दा तथा त्यहाँ रहेका सर्वसाधारणलाई एकआपसमा सहज रूपमा सम्पर्कमा रहन मद्दत पुग्ने अपेक्षा अनुसार डेटा र भ्वाइसकल निशुल्क गरिएको जनाइएको छ । एनसेलले सूचना जारी गर्दै सञ्चार सेवा निरन्तरता राख्नु महत्त्वपूर्ण हुने भएकाले प्रभावितहरूलाई परिवार तथा उद्धार टोलीसँग जोडिन सहज बनाएको उल्लेख गरेको छ ।
एनसेलले विगतदेखि नै विपद्का बेला सक्रिय भूमिका खेलिरहेको र आपतकालीन खोज, उद्धार तथा राहत वितरणका काममा सहयोग पुर्याउँदै आएको उल्लेख गर्दै कम्पनीले यो निर्णय आपतकालीन अवस्थामा संचार सेवा सुनिश्चित गर्नका लागि गरिएको बताएको छ ।