मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

महोत्तरीका उखु किसान आन्दोलित

Nagarik Sewa 5112+ समाचार ( )
२२ श्रावण २०८२, बुधवार

महोत्तरी। उखुखेती गर्ने किसान यतिखेर आन्दोलित भएका छन् । उखुमा सरकारले दिँदै आएको अनुदानको निरन्तरता हुनुपर्ने उनीहरूको माग छ। 

महोत्तरीमा उखुखेती गर्ने किसानको सङ्ख्या १५ हजार हाराहारी छ । यसअघि सरकारले दिँदै आएको चिनी उद्योगमा बुझाइएको उखुमा अनुदान प्रतिक्विन्टल रु ७० यसपालि बजेटमा नपरेपछि किसान आन्दोलित भएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत उनीहरुले अनुदानको निरन्तरताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका थिए । किसानले मङ्गलबार गौशाला–१ रामनगरस्थित एभरेष्ट चिनी उद्योग अगाडि प्रदर्शन गरे । 

“यस वर्षको बजेटमा अनुदानको विषय नसमेटिएपछि निरन्तर सरकारको ध्यानाकर्षण गराउँदै आएका छौँ”, उखु उत्पादक कृषक सङ्घका अध्यक्ष नरेशसिंह कुशवाहाले भने, “विश्वास छ, हाम्रो मागको सुनवाइ हुनेछ ।”  उखुखेती किसान आफ्ना प्रतिनिधि संस्था उखु उत्पादक कृषक महासङ्घ र उखु उत्पादक कृषक सङ्घका पदाधिकारीका साथ आन्दोलनमा छन् ।

उखु उत्पादक कृषक महासङ्घका सदस्य महाशङ्कर थिङका अनुसार किसानले मुख्य रूपले उखुखेतीमा सरकारले दिँदै आएको अनुदानलाई निरन्तरता दिनुपर्ने, गत आर्थिक वर्ष २०८१/८२ को अनुदानबापतको रकम तुरुन्त किसानलाई उपलब्ध गराउनुपर्ने, बर्सेनि उखुको मूल्य निर्धारण गरिनुअघि उखु किसानका प्रतिनिधि, चिनी उद्योग र सरकारबीच सहमति गरिनुपर्ने लगायतका माग किसानले राखेका छन् । माग सम्बोधन नभए आगामी भदौ ८ गतेदेखि राजधानीकेन्द्रित आन्दोलन गर्ने सङ्घले जनाएको छ ।

महोत्तरीमा गत आव २०८१/८२ को यामको उखुबाट किसानले रु २१ करोड ७२ लाख ९१ हजार रकम पाउनुपर्ने छ । महोत्तरीमा आव २०८१/८२ मा अनुदान पाउनुपर्ने किसानको सङ्ख्या १४ हजार ५३३ छ । यसपालि यो सङ्ख्या १५ हजारमाथि पुग्ने उखु उत्पादक कृषक सङ्घका अध्यक्ष कुशवाहाको भनाइ छ । आव २०८०/८१ मा भने जिल्लाका १४ हजार ४४४ किसानले अनुदानबापतको जम्मा रु २० करोड ३३ लाख पाएका थिए।रासस

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार