कैलाली जिल्ला अदालतमा आगजनी तथा तोडफोड गरेको आरोपमा ३ जना पक्राउ

Nagarik Sewa 3502+ समाचार ( )
५ मंगशिर २०८२, बिहीबार

धनगढी। गत भदौ २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा कैलाली जिल्ला अदालतमा आगजनी तथा तोडफोड गरेको आरोपमा प्रहरीले ३ जनालाई धनगढी उपमहानगरपालिका–१ बाट पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका–३ का २४ वर्षीय आशिष भण्डारी, ३० वर्षीय अमन केसी र बैतडीको पुर्चौडी घर भई हाल धनगढी–३ बस्दै आएका २४ वर्षीय भरत बम रहेका छन्।

कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार, भदौ २४ गतेको आन्दोलनमा अदालत परिसरभित्र रहेका सवारीसाधन, कार्यालय भवन, मुद्दाका सक्कल मिसिल, कम्प्युटर लगायतका सूचना प्रविधि उपकरणमा आगजनी र तोडफोड भएको थियो। सोही घटनाको अनुसन्धानका लागि जिल्ला अदालतले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको डीएसपी सिंहले जानकारी दिए। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी गरिरहेको जनाएको छ।

भदौ २४ गतेको आगजनीबाट कैलाली जिल्ला अदालतमा ठुलो क्षति पुगेको थियो। अदालतका अनुसार, आगजनीमा २००७ सालदेखिका ३० हजारभन्दा बढी मुद्दाका मिसिल जलेर नष्ट भएका छन्। अदालतमा भएको आगजनी र तोडफोडबाट करिब ११ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार