काठमाडौंमा फाट्टफुट्ट चले भाडाका गाडी

Nagarik Sewa 4680+ समाचार ( )
२१ जेठ २०८२, मङ्गलबार

काठमाडौं। यातायात व्यवसायीहरूले गरेको सार्वजनिक यातायात बन्दको दोस्रो दिन मंगलबार काठमाडौंमा फाट्टफुट्ट भाडाका गाडी चलेका छन्। हिजो राति नै सहमति भएको भनिएपनि कार्यान्वयनमा नगएकाले यातायात व्यवसायीले बन्द  फिर्ता गरेका छैनन् । 

यातायात व्यवसायीले रातो नम्बर प्लेटका सवारी साधनले पनि यात्रु बोक्न पाउने गरी गण्डकी प्रदेश सरकारले ल्याएको राइडसेयरिङ नियमावली स्थगन गर्न माग गरेका छन् । सोमबार उनीहरूको मागका सम्बन्धमा भएको वार्तामा प्रधानमन्त्री कार्यालयमार्फत निर्णय स्थगन गर्न गण्डकी प्रदेश सरकारलाई पत्राचार गर्नेगरी सहमति भएको थियो । 

तर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गण्डकी सरकारले जति चाँडो नियमावली स्थगनको निर्णय गर्छ त्यति चाँडो आफूहरूले यातायातको कार्यक्रम फिर्ता लिने बताएका छन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार