अमेरिकामा लगातार परेको भारी वर्षा र हावाहुरीका कारण १६ जनाको मृत्यु

Nagarik Sewa 4150+ समाचार ( )
२३ चैत्र २०८१, आइतबार

एजेन्सी । अमेरिकामा लगातार परेको भारी वर्षा र हावाहुरीका कारण १६ जनाको मृत्यु भइसकेको छ । अहिले पनि मौसममा आएको परिवर्तनले अमेरिकाको मध्य पश्चिमभागमा उथलपुथल मचाएको छ ।

टेक्सासदेखि ओहायोसम्म आएको आँधीले जनाजीवन प्रभावित बनाएको हो । पछिल्लो केही दिनदेखिको लगातारको मुसलधारे वर्षासंगै आएको बाढीमा परि १६ जनाको मृत्यु हुनुका साथै कयौ घरहरुमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन् ।

शनिबार कयौं शहरहरुमा मुसलधारे वर्षा र आँधी आएको थियो । यता राष्ट्रिय मौसम सेवा विभागले बाढीको सम्भावना रहेकोले सर्तक रहन चेतावनी जारी गरेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार