सुनको मूल्य स्थिर

Nagarik Sewa 1733+ समाचार ( )
१९ फाल्गुन २०८१, सोमबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार लगातार तीन दिनसम्म सुनको मूल्य स्थिर रहेको छ । शुक्रबारदेखि नै सुनको मूल्य तोलामा १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको हो । 

यसअघि बिहीबार भने सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ थियो । त्यसपछि शुक्रबार घटेर तोलामा १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कायम भएको हो । 

यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । तीन दिनयता नै चाँदीको मूल्य तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै