नाइजेरियामा आक्रमण गर्ने राष्ट्रपति ट्रम्पको याेजना

Nagarik Sewa 4376+ समाचार ( )
१७ कार्तिक २०८२, आइतबार

एजेन्सी ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले नाइजेरियामा सम्भावित सैन्य कारबाहीको लागि तयारी गर्न रक्षा मन्त्रालयलाई आदेश दिएको बताउनुभएकाे छ। नाइजेरियाले क्रिश्चियनहरू विरुद्धको हिंसा रोक्न पर्याप्त काम नगरेको आरोप लागिरहेकै समयमा उहाँको यो अभिव्यक्ति आएको हो । तर नाइजेरियाले भने यस्तो आरोप बारम्बार अस्वीकार गर्दै आएको छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल मार्गफत नाइजेरियामा अमेरिकाले दिंदै आएको सबै सहायता र सहयोग तत्काल बन्द गर्ने समेत बताउनुभयाे। पोष्टमा त्यहाँकाे सरकारलाई छिटो यस मामिलामा कारबाही गर्न समेत चेतावनी दिनुभएकाे छ।

अमेरिका नाइजेरियामा आक्रमण गरेर त्यहाँ भयानक अत्याचार गरिरहेका इस्लामिक आतंककारीहरूलाई पूर्ण रूपमा मेटाउन सक्ने पनि उहाँकाे भनाइ छ। २३ करोड भन्दा बढी जनसंख्या भएको नाइजेरियामा क्रिश्चियन र मुस्लिम दुवै कट्टरपन्थी इस्लामवादीहरूको आक्रमणको सिकार भइरहेका छन् । केही हिंसाका घटना धार्मिक रूपमा प्रेरित छन् र दुवै समूहहरू मारमा परेका हुन् । अरू केही हिंसा चाहीं सीमित स्रोतहरूमा किसान-गोठालाहरूबीचको विवादका साथै साम्प्रदायिक र जातीय तनावबाट उत्पन्न भएका छन् ।

राष्ट्रपति ट्रम्पले यहिबाट हाम्रो युद्ध मन्त्रालयलाई सम्भावित कारबाहीको लागि तयारी गर्न निर्देशन दिइरहेको समेतजानकारी गराउनुभयाे । यदि हामीले आक्रमण गर्यौं भने, यो छिटो, क्रूर र मिठो हुने उहाँकाे तर्क छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै