संकटबाट उठ्न भन्दै पूर्वराष्ट्रपति विद्या भण्डारीले थालिन् बहस

Nagarik Sewa 4431+ समाचार ( )
१० अशोज २०८२, शुक्रबार

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनपछि देश गम्भीर अवस्थामा पुगेको भन्दै छलफल थालेकी छिन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि राजनीतिक विश्लेषक, नागरिक समाज, कानूनविद्, दलका नेता र सञ्चारकर्मीसँग भण्डारीले छलफल गरेकी हुन् ।

‘देशको परिस्थिति एकदम गम्भीर छ, २३ र २४ गतेको घटनाले गम्भीर र तरंगित बनाएको छ । यसैले राजनीतिक विश्लेषकहरू, राजनीतिक व्यक्तित्वसहितलाई छलफलका लागि बोलाएको हुँ,’ भण्डारीले भनिन्, ‘अब कसरी जाने, अहिले अन्तरिम सरकारले चुनाव घोषणा गरेको छ, निर्वाचनमा दलहरू र स्वतन्त्रले भाग लिन सक्छन्, कसरी अगाडि बढ्ने ?’ २३ गतेको आन्दोलन शान्तिपूर्ण गर्ने भनिए पनि भड्किँदा युवाले ज्यान गुमाएको उनले बताइन् । ‘हामी संगीन घडीमा छौं, सामूहिक भावना, सामूहिक सहकार्य, सामूहिकता नभई कसरी समाधान गर्न सक्छौं । यो कुरा पनि सोच्नुपर्नेछ । धेरै ठूलो संकट आइलागेको छ । अराजक स्थिति आइलागेको छ । राष्ट्रको पुनर्निर्माण कसरी गर्ने,’ उनले भनिन्, ‘विचार सुन्ने र भूमिका कसरी खेल्ने ? हामी पनि जिम्मेवार नागरिक हौं । यसैमा सुझाव लिन बोलाएकी हुँ 

छलफलमा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पछिल्लो घटना आन्दोलन, क्रान्ति वा विद्रोह के हो परिभाषित गर्नुपर्ने बताए । यसलाई क्रान्ति र आन्दोलनभन्दा विद्रोहमा रूपमा लिनुपर्ने उनको भनाइ छ । ‘हामीले खबरदारी गर्नुपर्छ । निरन्तर संविधान मिच्ने हो कि भन्नेमा खबरदारी गर्नुपर्छ,’ भट्टराईले भने, ‘संवैधानिक र सरकारी निकायमा दलीयकरण गरे र कब्जामा लिएका थिए । स्वचालित भएनन् । यो सरकारले पनि नियन्त्रणमा लिएर आफ्नो इच्छाअनुसार गर्न खोजे राम्रो हुँदैन । यसतर्फ सचेत हुनुपर्छ ।’

पत्रकार कनकमणि दीक्षितले श्रीलंकामा दशौं हजार जुलुस विभिन्न संरचनामा छिरेर पर्यटक जसरी बाहिरिएको तर नेपालमा उल्टो भएको बताए । ‘श्रीलंकमा पर्यटक जसरी युवाहरू आगो नलगाइ निस्किए तर हाम्रोमा लुटे अनि संरचना जलाउने काम गरे,’ दीक्षितले भने, ‘नेपाललाई शान्तिपूर्ण देश र समाज मानिएको थियो । अहिले धरोहर जलाउने रूपमा हेरिएको छ । हाम्रो अन्तर्राष्ट्रिय छवि धूमिल भएको छ । आधुनिक राष्ट्रको रूपमा राजनीतिज्ञबाट हुनुपर्ने काम भएन, विदेशी प्रभाव पर्‍यो । तर हामी यसबाट उठ्नुपर्छ । नेपाल उठ्नका लागि भित्रैबाट तयार हुनुपर्छ ।’

२३ गते गोली चलाउने, आदेश दिने र २४ गतेको विध्वंस गर्नेलाई पनि कारबाही गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै