झलनाथ पत्नी चित्रकारको एपोलो अस्पतालमा उपचार सुरु

Nagarik Sewa 4431+ समाचार ( )
७ अशोज २०८२, मङ्गलबार

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनाल पत्नी रविलक्ष्मी चित्रकारको भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार सुरु भएको छ। चित्रकारलाई सोमबार राति एयर एम्बुलेन्समार्फत दिल्ली लगिएको थियो । चित्रकारसँगै पूर्वप्रधानमन्त्री खनाल, उनका छोरा र सहयोगी पनि भारत गएका छन् । चित्रकारलाई सोमबार राति नै एपोलो अस्पतालमा भर्ना गरी  उपचार सुरु भएको खनाल निकट स्रोतले जनाएको छ ।

भदौ जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते खनाल निवासमा भएको आगलागीमा परि रविलक्ष्मी गम्भीर घाइते बनेकी थिइन्। घाइते रविलक्ष्मीलाई केही दिन कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गरिएको थियो । उनको देब्रे हात गुमेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै