राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक एरेनाले दिए राजीनामा

Nagarik Sewa 4849+ समाचार ( )
२४ असार २०८३, बुधवार

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) फिफाबाट निलम्बनमा परेपछि नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत एन्फासँग आपसी समझदारीमा राष्ट्रिय टोलीबाट अलग भएको जानकारी दिएका छन्।

एन्फाले गत फागुनमा एरेनालाई नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो। एक वर्षका लागि सम्झौता गरिए पनि उनी करिब चार महिनामै टोलीबाट बाहिरिएका हुन्। एरेनाले यसअघि मुख्य प्रशिक्षक रहेका म्याट रसको स्थान लिएका थिए। उनको नेतृत्वमा नेपालले हालसम्म एक मात्र आधिकारिक खेल खेलेको थियो।

फिफाले एन्फालाई निलम्बन गरेसँगै नेपाली फुटबल अन्योलमा परेका बेला मुख्य प्रशिक्षक एरेनाको राजीनामाले राष्ट्रिय टोलीको भविष्य थप अनिश्चित बनेको छ। एन्फामा सरकारी हस्तक्षेप भएको भन्दै फिफाले एन्फालाई निलम्बन गरेको छ । यो निलम्बनसँगै नेपालले फिफाका कुनै पनि खेल खेल्न पाउँदैन । यस्तै एसियन फुटबल महासंघ एएफसीले पनि निलम्बन अवधिभर एएफसीका खेलहरू नेपालले खेल्न नपाउने बताएको छ । एन्फा निलम्बनले नेपाली फुटबललाई अँध्यारोमा पुर्‍याएको छ । बालेन सरकारले एन्फा पदाधिकारीलाई विश्वकप हेर्न अमेरिका जान लाग्दा एयरपोर्टबाटै फिर्ता गरिदिएपछि एन्फा निलम्बनमा परेको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार