कानुन चोरी हुने संसद्‌मा किन आइएछ भनेर आत्मग्लानी हुन्छ: जर्नादन शर्मा

Nagarik Sewa 4431+ समाचार ( )
७ भाद्र २०८२, शनिबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले कानुन चोरी हुने संसद्‌मा किन आइएछ भनेर आत्मग्लानी हुने गरेको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै आफू अन्तरिक कालदेखि निरन्तर संसद्‌मा रहेको बताउँदै पछिल्लो समय किन संसद्मा आइएछ भनेर आत्मग्लानी हुने गरेको बताए ।

‘म त अन्तरिम कालदेखि संसद्‌मा निरन्तर छु । पछिल्लो समय आउँदा त कानुन त चोरी हुने संसद्‌मा के बेकार आइएछ जस्तो लाग्छ आजभोलि । कानुन नै चोरी हुन्छ । अलि दिक्क लागेर होला । अलि पुरानो भएर पनि होला,’ शर्माले आफ्नो दिग्दारी सुनाए ।

संविधानमा लेखिएका कुराहरू कार्यान्वयन गर्न नसकेको भन्दै उनले दु:खेसो गरे । आफूले किन संविधानको कार्यान्वयन गरिएन ? भनेर प्रश्न गर्दा अरु तर्सिने गरेको पनि उनले टिप्पणी गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार