अस्पतालले लगायो सविन महर्जनको शव परिवारको जिम्मा

Nagarik Sewa 1731+ समाचार ( )
१८ चैत्र २०८१, मङ्गलबार

काठमाडौं। तीनकुनेमा भएका प्रदर्शनमा मृत्यु भएका कीर्तिपुरका सविन महर्जनको शव त्रिवि शिक्षण अस्पतालले परिवारको जिम्मा लगाइएको छ । सविनको शवको आजै पोस्टमार्टम गरिएको थियो ।

पोस्टमार्टमको क्रममा उनको शरीरिमा एक गोली लागेको खुलेको छ । प्रहरी स्रोतका अनुसार उनको दायाँ हातको कुहिने नजिकको भागबाट कोख हुँदै ढाडबाट गोली निस्केको पाइएको छ । १५ चैतमा राजावादीहरुले गरेको आन्दोदनका क्रममा गोली लागेर उनको मृत्यु भएको थियो । पोस्टमार्टमपछि उनको शव आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार