अबरार अहमद सनराजर्स लिड्समा अनुबन्धित

Nagarik Sewa 4431+ समाचार ( )
२९ फाल्गुन २०८२, शुक्रबार

काठमाडौं । ‘द हन्ड्रेड’मा पाकिस्तानी खेलाडीलाई इन्डियन प्रिमियर लिग (आईपीएल)का फ्रेन्चाई टिमको स्वामित्व रहेका टोलीले नभित्र्याउने चर्चाका बीच पाकिस्तानका लेग स्पनीर अबरार अहमदलाई सनराइजर्स लिड्सले अनुबन्ध गरेको छ ।  पाकिस्तान र भारत द्वन्द्वका कारण यसअघि अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले म्यानचेस्टर सुपर जायन्ट्स, एमआई लन्डन, साउर्थन ब्रेभ र सनराइजर्स लिड्सले पाकिस्तानी क्रिकेटरलाई अनुबन्ध नगर्ने निष्कर्षमा पुगेको जनाएको थियो । यी चारै इन्डियन प्रिमियर लिग (आईपीएल)का फ्रेन्चाई टोलीहरूको स्वामित्व रहेका टिम हुन् ।

सनराइजर्सले अबरारलाई एक लाख ९० हजार पाउन्डमा अनुबन्ध गरेको हो । उनले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानबाट ३८ खेल खेलिसकेका छन् । पाकिस्तानबाट टी–२० क्रिकेटमा सन् २०२४ मा ‘डेब्यु’ गरेका उनले हालसम्म ५२ विकेट लिएका छन् । अबरारसँगै प्रतियोगिताका निम्ति अर्काे फ्रेन्चाइज टिम बारमिंघम फोनिक्सले पाकिस्तानका उसमान तारिकलाई भित्र्याएको छ । फोनिक्सले उसमानलाई एक लाख ४० हजार पाउन्डमा भित्र्याएको हो ।

प्रतियोगितामा आउँदो जुलाई २१ देखि अगस्ट १६ सम्म हुने तय छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार