मुख्य समाचार
आईजीपी कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– 'हामी न्यायाधीश नबनौँ' | कर्मचारीको विदेश भ्रमणमा कडाइ | नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने | अमेरिकासँग युद्ध लड्न सक्ने इरानको चेतावनी | शेरबहादुर देउवाको भाग्य राम्रो छ, हाम्रो सभापति उहाँ नै हो: शशांक कोइराला | राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता | ७१ प्रतिशत मतसहित गगनलाई सभापति बनाउँछौँ : विश्वप्रकाश शर्मा | यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व संकलन | ८.८१ अंकले बढ्यो नेप्से परिसूचक | भक्तपुरको होल्डिङ सेन्टरमा एकजना मृत फेला |
मुख्य समाचार
आईजीपी कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– 'हामी न्यायाधीश नबनौँ' | कर्मचारीको विदेश भ्रमणमा कडाइ | नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने | अमेरिकासँग युद्ध लड्न सक्ने इरानको चेतावनी | शेरबहादुर देउवाको भाग्य राम्रो छ, हाम्रो सभापति उहाँ नै हो: शशांक कोइराला | राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता | ७१ प्रतिशत मतसहित गगनलाई सभापति बनाउँछौँ : विश्वप्रकाश शर्मा | यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व संकलन | ८.८१ अंकले बढ्यो नेप्से परिसूचक | भक्तपुरको होल्डिङ सेन्टरमा एकजना मृत फेला |


हिमशृङ्खला एकेडेमीको ३१औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

Nagarik Sewa 4720+ समाचार ( )
४ माघ २०८२, शनिबार

काठमाडौं । “चेतनाका लागि शिक्षा” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै तीन दशकभन्दा बढी समयदेखि गुणस्तरीय शिक्षाको ज्योति फैलाउँदै आएको हिमशृङ्खला एकेडेमीले आफ्नो ३१औँ स्थापना दिवस विशेष व्यक्तित्व सम्मान तथा प्रगतिसमीक्षा कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ।

विद्यालयको नयाँ भवनमा शुक्रबार आयोजित कार्यक्रममा शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्व, जनप्रतिनिधि, अभिभावक, शिक्षक–शिक्षिका, पूर्व शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम नेपाल संस्कृत विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. माधव अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. ऋषिराम पोख्रेलले गर्नुभएको थियो। उहाँले सम्बोधन गर्दै हिमशृङ्खला एकेडेमीले शैक्षिक गुणस्तर, अनुशासन र संस्कारमा उदाहरणीय भूमिका खेलेको उल्लेख गर्दै विद्यालयको निरन्तर प्रगतिको प्रशंसा गर्नुभयो।

कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष दिपेन्द्र लामाले विद्यालय स्थापनाका प्रारम्भिक चुनौती, उद्देश्य र यात्राबारे चर्चा गर्दै शिक्षामा लगानी गर्नु भनेको राष्ट्र निर्माणमा लगानी गर्नु सरह भएको बताउनुभयो। त्यस्तै विद्यालयका प्रिन्सिपल नारायणभक्त श्रेष्ठले स्थापना कालदेखि हालसम्मको शैक्षिक, भौतिक तथा संस्थागत प्रगति विवरण प्रस्तुत गर्दै तीन दशकको यात्रामा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो।

बिपी संग्राहलयका अध्यक्ष तथा समाजसेवी पर्शुराम पोख्रेलले विद्यालयको उन्नति र प्रगतिबारे धारणा राख्दै हिमशृङ्खला एकेडेमीले समाजप्रति जिम्मेवार नागरिक उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउनुभयो। पूर्व शिक्षक अशोक राना मगर, जसले सात वर्षसम्म यही विद्यालयमा अध्यापन गराउनुभएको थियो, उहाँले सम्बोधन गर्दै विद्यालयको विगत सम्झँदै भावुक अनुभव साट्नुभयो। त्यसैगरी १२ वर्षसम्म अध्यापन गराउनुभएका पूर्व शिक्षक रमेश ढुङेलले पनि विद्यालयसँग जोडिएका स्मरणीय क्षणहरू साझा गर्नुभयो।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकी नगर उपप्रमुख तथा विद्यालयकी पूर्व अभिभावक सान्नानी लामाले विद्यालयप्रति आफ्नो आत्मीयता व्यक्त गर्दै स्थानीय तह र शैक्षिक संस्थाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो। २० वर्षभन्दा बढी समयदेखि विद्यालयमा निरन्तर सेवा गर्दै आएका बहालवाला शिक्षक–शिक्षिकाहरूलाई सम्मान गरिनु कार्यक्रमको महत्वपूर्ण आकर्षणको रूपमा रहेको थियो।

शिक्षक फिरोज ओलीले सम्बोधन गर्दै आफू विद्यालयको ३१ वर्षे यात्राको साक्षी रहेको उल्लेख गर्दै विभिन्न चरण पार गर्दै आजको अवस्थामा आइपुगेको हिमशृङ्खला एकेडेमी सबैका लागि गर्वको विषय भएको बताउनुभयो।

कार्यक्रमका विशेष अतिथि नेपाल सरकारका निवर्तमान सहसचिव रमेश दंगालले शिक्षाको महत्त्व, विद्यालयको भूमिका र समसामयिक शैक्षिक चुनौतीबारे धारणा व्यक्त गर्नुभयो। प्रमुख अतिथि प्रा. डा. माधव अधिकारीले शिक्षा केवल रोजगारीको माध्यम मात्र नभई जीवन निर्माणको आधार भएको उल्लेख गर्दै हिमशृङ्खला एकेडेमीको प्रगति र शैक्षिक योगदानको खुलेर प्रशंसा गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई अनुशासन, परिश्रम र नैतिकताको मार्गमा अघि बढ्न प्रेरणादायी सन्देश पनि दिनुभयो।

कार्यक्रममा विद्यार्थीहरूले राष्ट्रभाव झल्किने सांस्कृतिक नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई अझ आकर्षक र अर्थपूर्ण बनाएका थिए। दर्शक दीर्घाबाट विद्यार्थीहरूको प्रस्तुतिलाई उच्च प्रशंसा प्राप्त भएको थियो।

विद्यालय परिवारका अनुसार ३१औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रमले शिक्षकहरूको योगदानको कदर गर्नुका साथै विद्यालयप्रति अभिभावक, समुदाय र सरोकारवालाबीचको विश्वास अझ सुदृढ बनाएको छ। तीन दशकभन्दा लामो यात्रामा हिमशृङ्खला एकेडेमीले शिक्षा, संस्कार र चेतनाको दीप निरन्तर प्रज्वलित गर्दै समाजप्रति आफ्नो दायित्व पूरा गर्दै आएको सहभागीहरूको साझा निष्कर्ष रहेको थियो।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार