मुख्य समाचार
आईजीपी कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– 'हामी न्यायाधीश नबनौँ' | कर्मचारीको विदेश भ्रमणमा कडाइ | नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने | अमेरिकासँग युद्ध लड्न सक्ने इरानको चेतावनी | शेरबहादुर देउवाको भाग्य राम्रो छ, हाम्रो सभापति उहाँ नै हो: शशांक कोइराला | राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता | ७१ प्रतिशत मतसहित गगनलाई सभापति बनाउँछौँ : विश्वप्रकाश शर्मा | यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व संकलन | ८.८१ अंकले बढ्यो नेप्से परिसूचक | भक्तपुरको होल्डिङ सेन्टरमा एकजना मृत फेला |

३४.२२ अंकले बढ्यो नेप्से

Nagarik Sewa 4720+ समाचार ( )
१४ कार्तिक २०८२, बिहीबार

काठमाडौं। अघिल्लो दिनको तुलनामा सेयर बजार परिसुचक नेप्से आज ३४.२२ अंक बढेर २६००.३८ मा कायम भएको छ। कारोबार रकम पनि उल्लेख्य बढेको छ । अघिल्लो दिन ५ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ७ अर्ब ५१ करोडको भयो । आज हिमालयन बैंकको संस्थापक सेयर मात्रै १ अर्ब ६६ करोडको कारोबार भएकाले उल्लेख्य बढेको हो ।

२१६ कम्पनीको मूल्य बढ्यो भने २८ को घट्यो । त्यस्तै ५ कम्पनीको स्थिर रह्यो । हाइड्रोपावर समूह सबैभन्दा धेरै २.६७ प्रतिशत बढ्यो। बैंकिङ ०.३३, विकास बैंक १.२३, फाइनान्स १.६०, होटल तथा पर्यटन ०.७५, लगानी १.३५, जीवन बीमा १.८०, उत्पादन तथा प्रशोधन १.७४, माइक्रोफाइनान्स १.६०, निर्जीवन बीमा १.७५, अन्य १.०६ तथा व्यापार ०.८८ प्रतिशत बढे । गुराँस लघुवित्त र उन्नति सहकार्य लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । सुपर मादी हाइड्रोपावरको ९.५४, गणपति लघुवित्तको ९.४६, पिपुल्स हाइड्रोपावरको ९.०८ प्रतिशत मूल्य बढ्यो। आशा लघुवित्तको मूल्य सबैभन्दा धेरै ४.७९ प्रतिशत घट्यो । उपकार लघुवित्तको ३.९६ तथा हिमालयन पावर पार्टनरको ३.७५ प्रतिशत घट्यो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार