सार्वजनिक सवारी साधनहरूको नयाँ दर्तामा रोक

Nagarik Sewa 4483+ समाचार ( )
८ जेठ २०८३, शुक्रबार

काठमाडौं। देशभर सम्पूर्ण सार्वजनिक सवारी साधनहरूको नयाँ दर्तामा यातायात व्यवस्था विभागले रोक लगाएको छ। विभागले बढ्दो ट्राफिक जाम, वायु प्रदूषण र सडकको चापलाई कारण देखाउँदै अर्को सूचना जारी नभएसम्मका लागि सार्वजनिक सवारी दर्ता रोक्ने निर्णय गरेको हो।

विभागका निर्देशक मणि राम भुसालले जेठ ७ गते जारी गरेको परिपत्र सातवटै प्रदेशका सम्बन्धित मन्त्रालय ९भौतिक पूर्वाधार, श्रम तथा यातायात व्यवस्था मन्त्रालयहरू० र देशैभरिका सबै स्थानीय तहलाई पठाइएको छ। विभागले जारी गरेको पत्रमा इन्धनबाट चल्ने मात्र नभई ‘इलेक्ट्रिक (विद्युतीय) सार्वजनिक सवारी साधन’ को समेत नयाँ दर्ता रोक्न स्पष्ट निर्देशन दिइएको छ।

विभागले सार्वजनिक सवारीको नयाँ दर्ता रोक्नुपर्ने पछाडि केही कारणहरू औंल्याएको छ । विभागको परिपत्रअनुसार, सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्नु, अत्यधिक वायु प्रदूषण बढ्नु, सवारीको चाप र ट्राफिक जामका कारण आवागमनमा गम्भीर कठिनाइ उत्पन्न हुनु र इन्धनको बढ्दो मूल्यका कारण सार्वजनिक यातायात सञ्चालनमा देखिएको असहजता र कठिनाइलाई मुख्य कारण हुन् ।

विभागले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २४ को उपदफा ९३० ले दिएको अधिकार प्रयोग गर्दै यो निर्णय गरेको जनाएको छ। उक्त ऐनमा वातावरण प्रदूषण, सवारीको चाप, सडकको स्थिति वा आवागमनमा पर्ने कठिनाइका कारण सार्वजनिक हितका लागि विभागले कुनै वा सबै कार्यालयलाई सवारी दर्ता रोक्न आदेश दिन सक्ने व्यवस्था रहेको छ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार