प्रधानमन्त्री कार्कीले नागरिक समाजका अगुवासँग अन्तरक्रिया गर्दै

Nagarik Sewa 4376+ समाचार ( )
२ मंगशिर २०८२, सोमबार

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आज नागरिक समाजका अगुवा प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्ने हुनुभएको छ। दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्रीले नागरिक समाजका अगुवासँग आगामी निर्वाचनबारे छलफल गर्न लाग्नुभएको हो।

यसअघि विभिन्न राजनीतिक दलका नेता, प्रदेश तथा स्थानीय तहका प्रमुख र जनेजी अगुवालगायतसँग छलफल गर्नुभएकी कार्कीले केही राजनीतिक दलले अझै पनि चुनावमा जान अनकनाइरहेको अवस्थामा नागरिक अगुवाहरूसँग छलफल गर्न लागेको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जनाएका छन् । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार