अमेरिकाबाट १ हजार भारतीय नागरिक डिपोर्ट

Nagarik Sewa 4426+ समाचार ( )
१७ जेठ २०८२, शुक्रबार

काठमाडौं । सन् २०२५ को जनवरीदेखि यता ५ महिनामा अमेरिकाले करिब १ हजार भारतीय नागरिकलाई भारत डिपोर्ट गरिसकेको भारतीय विदेश मन्त्रालयले जनाएको छ। अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले देशमा अवैध रूपमा बसिरहेका आप्रवासीहरूलाई बाहिर निकाल्ने घोषणा गरेका थिए। 

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालका अनुसार तीमध्ये करिब ६२ प्रतिशत नागरिक व्यावसायिक उडानमार्फत भारत फर्किएका हुन्। यही वर्षको फेब्रुअरी महिनामा अमेरिकाले सयभन्दा बढी भारतीय नागरिकहरूलाई अमेरिकी सेनाको विमानमा डिपोर्ट गरेको थियो।  भारतीय विदेश मन्त्रालयको साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता जायसवालले भने, ‘आप्रवासनसम्बन्धी विषयमा भारत र अमेरिका नजिकबाट समन्वयमा काम गरिरहेका छन्। भारतले कुनै पनि व्यक्तिलाई स्वदेश फर्काउनु अघि उसको नागरिकता प्रमाणीकरण गर्छ।’

अमेरिकाले अवैध रूपमा अमेरिका बसोवास गरिरहेका करिब १८ हजार भारतीय नागरिकको पहिचान गरिसकेको बताएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार