मुख्य समाचार
इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड | सेयर बजारमा गिरावट |

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा विष्णु शर्मा

Nagarik Sewa 4669+ समाचार ( )
२६ पौष २०८१, शुक्रबार

काठमाडौं । सरकारले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा सहसचिव विष्णुप्रसाद शर्मालाई खटाएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शहरी विकास मन्त्रालयका सहसचिव शर्मालाई विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकको रूपमा काम गर्ने गरी काजमा खटाउने निर्णय गरेको हो ।

सरकारले काठमाडौंका अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र धरहरा, ललितपुर गोदावरीको सनराइज सभा हल, दमकको भ्युटावर, बुटवलको अन्तर्राष्ट्रिय सभा हलसहितका विशिष्ट संचरना आफैंले सञ्चालन तथा व्यवस्थापन गर्ने जिम्मेवारी शर्माको काँधमा सुम्पिएको छ ।

विशिष्ट संरचनाको चलअचल सम्पत्तिको रेखदेख, नियन्त्रण, सम्भार र संरक्षण गर्ने गराउने, समितिमा पेस भएका नीति, योजना, बजेट तथा कार्यक्रम स्वीकृत गर्ने, विशिष्ट संरचनालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने र दीर्घकालीन व्यवस्थापनका लागि सरकारलाई सुझाव दिने जिम्मेवारी समितिलाई दिइएको छ।

यसैगरी विशिष्ट संचरनाहरू सञ्चालन तथा व्यवस्थापन गर्न प्रचलित कानुनबमोजिम करार, लिज, भाडा वा अन्य उपयुक्त विधि अपनाउने गरी गठन आदेश जारी गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै