मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

पोखराको सुन्दरतासँग प्रेमको कथा: "जाऊ हिँड पोखरा" सार्वजनिक ( भिडियो )

Nagarik Sewa 4670+ समाचार ( )
२१ मंगशिर २०८१, शुक्रबार

काठमाडौं । नयाँ रोमान्टिक डान्सिङ गीत "जाऊ हिँड पोखरा" सार्वजनिक भएको छ। पोखराको प्राकृतिक सुन्दरतालाई प्रेम र आकर्षणसँग जोडेर प्रस्तुत गरिएको यो गीतले श्रोता तथा दर्शकलाई नयाँ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।

गीतमा गायक मुकुन्द त्रिपाठी र चर्चित  गायिका अस्मिता अधिकारीको आवाज रहेको छ। गीतका शब्द र संगीत स्वयम् मुकुन्द त्रिपाठीले सिर्जना गरेका हुन्। गीतलाई राजु सुनामले एरेन्ज गरेका हुन्  भने ओजोन स्टुडियोमा रेकर्ड गरिएको हो । बिनोद परियारले गीतको मिक्सिङ गरेका हुन्।

भिडियोमा गायक मुकुन्द त्रिपाठी, सरिता दनकुटी र अनुभव त्रिपाठीको अभिनय फिचर्ड छन्। सुबास सुबेदीको सिनेमाटोग्राफी, सुबास अम्गाईको सम्पादन तथा कलरिङ, र युमी बलामीको कोरियोग्राफीले भिडियोलाई अझै आकर्षक बनाएको छ।

दुर्गा न्यौपाने त्रिपाठी  निर्मात्री रहेको यस गीतको भिडियोलाई  मुकुन्द त्रिपाठीले निर्देशन गरेका हुन्। मुकुन्द त्रिपाठीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीतले श्रोता तथा दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।

भिडियो लिंक: https://youtu.be/KorvmrxqvW0?si=eWLwdmKKwOCOoEAP

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार