आत्मदाह प्रयास गर्ने गणेश नेपालीको निधन

Nagarik Sewa 4613+ समाचार ( )
२६ असार २०८३, शुक्रबार

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ।

घटनाको अनुसन्धानका लागि प्रहरीले काठमाडौं महानगरपालिकाका दुई महिला र एक पुरुष गरी तीन नगर प्रहरीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

बिहीबार नगर प्रहरीले नेपालीको मोटरसाइकलमा ह्विल लक लगाएपछि विवाद भएको र त्यसलगत्तै उनले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएको आफन्तको दाबी छ । प्रहरीले भने घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार