मन्त्रीकै घरमा चोरी

Nagarik Sewa 4849+ समाचार ( )
९ जेठ २०८२, बिहीबार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीको कैलालीको लम्किचुहा नगरपालिका–४ स्थित पाँचतले घरमा चोरी भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार मन्त्रीको घर तीन महिनादेखि खाली थियो। बुधबार दिउँसो पौने ४ बजेतिर चोरी भएको जानकारी प्राप्त भएको हो।

प्रारम्भिक अनुसन्धान अनुसार, चोरले दोस्रो तलाको ग्रिल फोरेर घरभित्र प्रवेश गरेका थिए। परिवारका अनुसार घरबाट सुनका औंठी, सिक्री, चाँदीका गहना र ६५ हजार रुपैयाँ नगद चोरी भएको छ। प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको जनाएको छ। चौधरी नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभा सांसदसमेत हुन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार