‘अस्वस्थ’ भएपछि काठमाडौं फर्किए बालेन

Nagarik Sewa 4426+ समाचार ( )
८ फाल्गुन २०८२, शुक्रबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ‘अस्वस्थ’ भएपछि काठमाडौं फर्किएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार (फागुन ७) बेलुका सुर्खेतबाट हवाईमार्गमार्फत उनी काठमाडौं फर्किएका रास्वपाका एक नेताले जानकारी दिए । “वरिष्ठ नेताको स्वास्थ्यमा समस्या आएपछि फर्किनुभएको हो । उहाँ दाङको कार्यक्रममा सहभागी हुनु हुन्न,” ती नेताले भने ।

दाङको घोराहीमा आज (फागुन ८) रास्वपाका सभापति रवि लामिछाने र बालेनले सम्बोधन गर्ने आमसभा तय थियो । “उतै सुर्खेतबाट काठमाडौं फर्किनुभएको हो,” ती नेताले भने । स्वास्थ्यमा समस्या देखिएको बताइए पनि के भएको भन्ने खुलाइएको छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार