देशले आवश्यक ठानेको व्यक्तिलाई आगामी निर्वाचनमा सघाउँछुः बाबुराम भट्टराई

Nagarik Sewa 4515+ समाचार ( )
१० माघ २०८२, शुक्रबार

काठमाडौं। गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी लिनुभएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशले आवश्यक ठानेको व्यक्तिलाई आगामी निर्वाचनमा सघाउने प्रतिबद्धता जनाउनुभएको छ। शुक्रबार आफ्नो उम्मेदवारी फिर्ताको घोषणा गरेपछि उहाँले आफू निरन्तर जनताको सेवामा लागिरहने बताउनुभएको हो।

आगामी दिनमा देशले चाहेको अनुसारकै व्यक्तिलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,’ भट्टराईले भन्नुभएको छ, ‘प्रस्थावक र समर्थक साथीहरूलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु।’ विभिन्न व्यक्ति र दलहरूको आग्रहपछि आफूले उम्मेदवारी फिर्ता लिने निर्णय लिएको उहाँको भनाइ छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार