काठमाडौं। आज सुनको मूल्य शुक्रबारको तुलनामा प्रतितोला रू १ हजार १ सय बढेको छ । त्यस्तै चाँदी प्रतितोला रू ३० ले बढेको छ ।

गत शुक्रबार प्रतितोला रू १ लाख ४८ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आजका लागि रू १ लाख ४९ हजार ६ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, निर्धारित मूल्यअनुसार आज चाँदी प्रतितोला रू एक हजार सात सय ९० मा कारोबार हुनेछ ।